डेढ़ लाख बराबरको अवैध मोबाइल बरामद
कृष्णनगर , कपिलवस्तु, मंसिर २२ (लुम्बिनी प्रदेश )
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २
गोलघर स्थित अबैध रुपमा भारत बाट नेपाल तर्फ
भन्सार छलि गरि ल्याउदै गरेको आठ थान मोवाईल कृष्णनगर प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कृष्णनगर द्वारा खटिएको डिउटी टोलीले अनुमानित मुल्य रु १,५०,००० (एक लाख पचास हजार) बराबरको अबैध मोबाइल फोन बरामद गरेको हो । अबैध रुपमा भारत बाट नेपाल तर्फ मोवाईल सेट भन्सार छली गरी ल्याउदै गरेको भन्ने सुचनाको आधारमा मोबाइल बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ र आवस्यक कार्यवाहीको लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शुकदेव पौडेलले जानकरी दिनुभएको छ l
Facebook Comments Box
