वि.ओ.पी.भिल्मी द्वारा पटका र अबैध औषधी नष्ट

सेयर गर्नुहोस

प्रिन्स मिश्रा कृष्णनगर , कपिलवस्तु कार्तिक ३०

कपिलवस्तुको विओपी भिल्मीले ५० हजार बराबरको अबैध पटका र औषधि बरामद गरेको छ l प्रहरी निरिक्षक त्रिलोचन पोख्रेलको कमाण्डमा खटिएको टोलीले चेक जाच गर्ने क्रममा भन्सार छली गरेर ल्याएको अबैध औषधी र अवैध पटका
फेला पारी बोर्डर आउट पोष्ट भिल्मी कपिलवस्तुको प्रांगणमा पत्रकार, स्थानीय ,सुरक्षाकर्मीको उपस्थितमा नष्ट गरिएको छ। साथै तिहार र छठ पर्बलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता आपनाइएको र सिमा सुरक्षा गर्न आफूहरू सदैव तत्पर रहेको विओपी भिल्मी कपिलवस्तुका प्रहरी निरीक्षक त्रिलोचन पोख्रेलले जानकारी दिनुभएको छ ।

Facebook Comments Box