कृष्णनगरमा अनुदानकाे गहुं वितरण शुरु

सेयर गर्नुहोस


कृष्णनगर, कार्तिक २८ ।

कृष्णनगर नगरपालिकाले पचहत्तर प्रतिशत अनुदानमा रिसर्च गहुँकाे बीउ वितरण शुरु गरेकाे छ।
काेराेना संक्रमणले ध्वस्त राेजगारी विहिन कृषकहरुलाई प्राेत्साहन गर्न कृषक समूह र वडा मार्फत कुल तीस लाख बराबरकाे विजय नामक उन्नत जातकाे गंहुकाे बिउ नगरपालिकाले किनेर पचहत्तर प्रतिशत अनुदानमा वितरण गरिरहेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे ।
गहुँ खेतीका लागि अहिले उपयुक्त समयमा उन्नत बीउले बढी उत्पादन भई युवा कृषकहरुलाई अायअार्जनमा समेत टेवा पुर्याउने कृषि अधिकृत सुदिप कुमार माैर्य बताउँछन् ।तराईकाे हवापानीमा गहुंकाे उन्नत जातिका बिउले कृषि उत्पादन धाएकाेले नगरपालिकाले कुल १९० हेक्टरलाई पुग्ने बिउ वितरण गरिने भएकाे छ।
तराईका किसानले कार्तिक अन्तिम हप्तादेखि मन्सिर पहिलाे हप्ताकाे समयमन गहुं बीउ छर्ने गरेकाे हुनाले अहिले बीउ वितरण गरेकाे ठिक समय रहेकाे नगर कृषि संयाेजक चन्द्रराम चाैधरीकाे भनाई छ।
समयमै अनुदानकाे उन्नत जातिकाे बीउ पाएपछि गहुं उत्पादन बढ्नुका साथै अार्थिकभार पनि कम हुने वडा नम्बर १ का कृषक गुडु उपाध्यय बताउंछन ।उनले नगरपालिकाकाे कार्यलाई सराहनिय रहेकाे भन्दै समयमै खाद पनि उपलब्ध गराइदिन नगरप्रमुखसंग अनुराेध गरेका छन ।
काेराेना संक्रमण राेकथामका निम्ति गरिएकाे सिमा बन्द र लकडाउनले सिमाक्षेत्रका किसानलाई बीउ र मलखादकाे समस्या हुँदै अाएकाे छ। पानी पनि समयमा नपर्नु र बीउ खादकाे अभावका साथै अन्नकाे उचित मूल्य नपाउदै गरेकाले गहुं खेती पनि प्रभावित हुने कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चाैधरीकाे भनाई छ।

Facebook Comments Box