कालिकामाईका जनप्रतिनिधि अधिकारी र पदकाे दुरुपयाेग गर्दै
वीरगंज, २२ कार्तिक । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीस्थित रहेकाे एक समाजिक संस्थाकाे भवन भत्काउने जनप्रतिनिधिकाे प्रयासमा स्थानियले अवराेधका गरेका छन् ।
ब्रिलिएन्ट युवा क्लब नामक स्थानिय गैर सरकारी संस्थाकाे भवन भत्काउन बिहिबार जेसीबी लिएर गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा र वडाध्यक्ष साेनालाल प्रसाद चाैरसिया प्रहरीकाे साथमा आफै पुगेका थिए । क्लबकाे भवन भत्काउन गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जेसीबी लिएर आएकाे थाह पाए लगतै गाउँवासीहरु विराेधमा उत्रेपछि उनीहरुकाे प्रयास असफल भयाे ।
गाउँवासीहरुले गाउँपालिका अध्यक्ष कुशवाहा र वडाध्यक्ष चाैरसियासंग किन भवन भत्काउन खाेज्नु भएकाे ? प्रश्न गर्दै बिराेधमा उत्रे पछि केही बेेर तनावसमेत भएकाे थियाे । तनावलाई झडपमा परिणत हुन नदिन प्रहरीले छलफलकाे लागि दुबै पक्षलाई बसाएकाे थियाे ।
क्लब कै भवनकाे छत माथी करिब डेढ घण्टा जति भएकाे छलफलबाट गाउँपालिका अध्यक्ष कुशवाहा र वडाध्यक्ष चाैरसियाकाे अडान पुरा नभएपछि बाहिरिएका थिए । क्लबकाे भवन भत्काउने एउटै अडानका कारण छलफलबाट दुबै जना निस्किए पछि कुनै निस्कर्ष निस्कन सकेकाे थिएन ।
त्यपछि उनीहरु जेसीबी लिएर फिर्ता गएका थिए । उनीहरुले भत्काउन खाेजेकाे क्लबकाे भवन कुनै बाटाेमा पनि परेकाे रहेनछ । अकास्मात बिना कुनै सुचना गाउँपालिका अध्यक्ष र वडाध्यक्षले पावरकाे दुरुपयाेग गर्दै राजनितिक रिस्बी साध्न क्लबकाे भवन भत्काउन पुगेपछि आफुसहित गाउँवासी आश्चर्य चकित भएकाे क्लबका अध्यक्ष छठु साहले वताए ।
उनले आफुहरुले कुनै पनि हालतमा निर्माण भएकाे संरचना भत्काउन नदिने अडान लिएपछि उहाँहरु फिर्ता जानु भएकाे वताए ।
उनका अनुसार करिब १५ बर्ष पहिला ७ दलिय निर्णय अनुसार क्लबलाई भवन निर्माण गरी कार्यालय संचालनकाे लागि १० धुर जग्गा प्रदान गरिएकाे रहेछ । साेही निर्णय अनुसार करिब १० बर्ष पहिला गदियानीस्थि सार्वजनिक पाेखरिकाे डिलमा निर्माण गरिएकाे भवन भत्काउन जनप्रतिनिधिहरु पुगेका रहेछन ।
क्लबकाे कार्यालय संचालन रहेकाे भवन भत्काउन जिल्ला अदालतदेखी सर्वाेच अदाल सम्म मुद्दा पनि चलेकाे रहेछ । अदालत सम्म पुगी सकेकाे बिषयलाई कुनै निकायले हस्तक्षेप गर्न नमिल्ने प्रावधान भए पनि जनप्रतिनिधिहरुले आफ्नाे पद र पावरकाे दुरुपयाेग गर्दै भवन भत्काउन जेसीबी लिएर पुगेपछि स्थानियहरु आक्राेशित भएका थिए ।
सार्वजनिक जग्गामा निर्माण गरिएकाे भवनमा संस्थाकाे कार्यालय संचालन गर्न दिनु छैन् भने गाउँ कार्यपालिकाकाे बैठकबाट निर्णय गरेर अन्य थाेक पनि संचालन गर्न सकिने उनीहरुकाे भनाई रहेछ । भत्काउन खाेजिएकाे भवनलाई धर्मशाला अथवा पशु अस्पताल बनाउन सकिने स्थानियहरुकाे माग रहेकाे छ ।
चन्दा संकलन गरेर स्थानिय युवाहरुले निर्माण गरिदिएकाे संरचना कुनै पनि हालतमा भत्काउन नदिन स्थानिय अहमद राउत गद्दीले वताए । उनले भने “हाम्राे गाउँमा एउटा धर्मशाला पनि छैन । नत्र पशु अस्पताल नै छ । ठिक छ क्लबकाे कार्यालय संचालन गर्न दिनु छैन भने साे पक्की भवनलाई धर्मशाला कायम गर्नु पर्छ अथवा भवन अगाडी पशु अस्पतालकाे लागिसमेत रहेकाे संरनाकाे सदुपयाेग गर्दै पशु अस्पताल बनाउन सकिन्छ ।
अर्का स्थानिय सिता साहले पनि निर्माण भएकाे संरचना भत्काउन नहुने वताए । निर्माण भएकाे संरचनाकाे फाइदा उठाउदै त्यसकाे कुनै प्रयाेगमा ल्याउनु पर्ने वताए । जबर्जस्ती भत्काउन खाेजिए त्याे गलत हुने र त्यस्ताे हुन नदिने वताए ।
स्थानिय युवा ठग साह कानुले गाउँपालिका अध्यक्षले आफै सार्वजनिक अतिक्रमण गर्न खाेजेकाे वताए । उनले भने “निर्माण भएकाे भवन भत्काएर के फाइदा ? फाइदा त यहीं हुन्छ पहिलाले मुखिया जि कै भतिजाेले अतिक्रमण गर्नु भएकाे सार्वजनिक जग्गामा निर्माण गरिएकाे भवन भत्काए पछि फेरी अतिक्रमण हुन्छ ।”
गाउँ कार्यपालिका सदस्य रामशिष यादवले क्लबकाे भवन भत्काउन कार्यापालिकाबाट कनै किसिमकाे निर्णय नभएकाे वताए । उनले भने समाजिक संस्थाकाे भवन भत्काउन कार्यपालिकाकाे बैठकबाट निर्णय हुनै सक्दैन । कसैले त्यस्ताे गलत निर्णय गराउन खाेजे आफुहरु हुन पनि नदिने उनले वताए ।
भवन भत्काउने गाउँपालिका अध्यक्ष र वडाध्यक्ष ज्युकाे व्यक्तिगत निर्णय हुन सक्ने उनकाे भनाई थियाे ।
यस बिषयमा बुझ्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फाेनमा सम्पर्न गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।
