शिक्षित महिलाले सामाजिक बिकास सम्भव : नगर प्रमुख शाह

सेयर गर्नुहोस


अंकुश श्रीवास्तव
कृष्णनगर ,कार्तिक २१।

तीन स्थानिय तहका विद्यालय पहुँच भन्दा टाढा रहेका छात्राहरुलाई सिद्धार्थ समाजिक विकास केन्द्र र केयर नेपालले संयुक्त रुपमा साइकल हस्तान्तरण गरेका छन ।
सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका १ सय ५६ छात्राहरुलाई कृष्णनगर नगरपालिकाकाे समेत सहयाेगमा साइकल वितरण गरिएकाे छ । त्यसैगरि महाराजगंज नगरपालिकाका १७० तथा विजयनगर गाउंपालिकाका १५५ गरि कुल ४८१ जना १० देखि १४ बर्षभित्रका छात्राहरुलाई साइकल वितरण गरिएकाे सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद अाचार्यले बताउनुभयाे । विद्यालय पहुंच भन्दा टाडा र विद्यालय छाेडेका विपन्न, गरिब बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्नुका साथै आवतजावतमा पनि सहज हुने भएकाले साइकल वितरण गरिएको कार्यक्रम संयोजक नारायण घिमिरेले बताए । विचमै विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई उडान सिकाई केन्द्रमा ल्याई एक वर्षसम्म सिकाई सहजीकरण गरी पुनः विद्यालयमा फर्काउन सकिएका तथा टाढा घर भएका छात्राहरुलाई अध्ययन सहजीकरण गर्न याे कार्यक्रम ल्याइएकाे संयाेजक घिमिरले बताउनुभयो ।
कृष्णनगर नगरपालिका परिसरमा अाज सम्पन्न साइकल वितरण कार्यक्रमका प्रमुख अतिथि रजत प्रताप शाहले ‘ शिक्षा भन्दा ठूलो सम्पत्ति केहि न रहेको ‘ भन्दै साइकल वितरणले टाढाका छात्राहरु प्राेत्साहन पाउनुका साथै महिलाकाे शिक्षास्तर बढ्ने र समाजिक विकृति घट्दै जाने बताउनुभयाे । उडान छोरी शिक्षाले विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख शाहले विश्वास व्यक्त गर्नुभएको छ। उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको नगरप्रमुख शाहकाे भनाई छ। “छोरी शिक्षित भए परिवारसहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ” ,शिक्षा भन्दा ठूलो पुजी केहि न रहेकोले बालिकाहरुलाई निरन्तर विद्यालय पठाई शिक्षित समाजकाे परिकल्पनाले मात्र नगर बिकास सम्भव रहेकाे नगर प्रमुख शाहले अभिभावकहरुसँग आग्रह समेत गर्नु भयाे ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत विजय बहादुर पाैडेल, कृषि अधिकृत चन्द्रराम चाैधरी, सुदीप मौर्या, अमर श्रीवास्तव, बिभिन्न उड़ान कक्षाका बालिका, अभिभावक,बुद्धजीवि, समाजसेबी लगायतको उपस्थिति रहेको थियो भने सिद्धार्थ समाजिक विकास केन्द्रका फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box