चितवनको सिमलतालमा बस र ट्रक ठोक्किए
काठमाडौं : चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन्।
आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।
उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Facebook Comments Box
