भारतीय डेरी कम्पनी ‘अमूल’ बन्याे संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड

सेयर गर्नुहोस

भारतीय डेरी कम्पनी ‘अमूल’ संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड बन्न सफल भएको छ । ब्राण्डफाइनान्स फूड एण्ड ड्रिङ्क्स २०२४ को प्रतिवेदनमा अमूल संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड रहेको जनाइएको छ।

अमूलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विश्वकैअग्रणी ब्राण्ड परामर्शदाता ब्राण्ड फाइनान्सले विश्वकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्डको शीर्ष स्थानमा अमूललाई राखेकोमा आफूहरू खुसी भएको उल्लेख गरेको छ । ब्राण्ड फाइनान्सको प्रतिवेदनमा अन्तर्राष्ट्रिय बजारमा पनि अमूलको प्रभाव बढ्दै गइरहेको उल्लेख गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ब्राण्ड स्ट्रेन्थइन्डेक्समा अमूलले १०० मा ९१.० अंक प्राप्त गरेको छ ।यसअनुसार अमूलले ‘एएए प्लस’ रेटिङ पाएको छ ।

Facebook Comments Box