दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त
काठमाडौं : सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेश डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुन्। उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन्।
Facebook Comments Box
