मुनाको हत्यारा बबी सिंह पक्राउ
काठमाडौं : गत सोमबार अमेरिकारको ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेको संदिग्ध हत्यारा पक्राउ परेका छन्।
स्थानीय समय अनुसार प्रहरीले बुधबार बिहान संदिग्ध हत्याराको फुटेज सार्वजनिक गरेपछि साँझ ती व्यक्ति पक्राउ परेका हुन्। बुधवार साँझ करिब आठ बजेतिर ट्राफिक स्टपेजमा ती व्यक्ति समातिएका स्थानीय सञ्चारमध्यमले जनाएका छन्।
ह्युस्टन पुलिस डिपार्टमेण्टले सार्वजनिक गरेको विववरण अनुसार संदिग्ध व्यक्ति ५१ वर्षीय बबि सिंह साह हुन्।
आरोपित हत्याराले के कति कारणले गोली हानेर मुनाको हत्या गरेको भन्ने खुलिसकेको छैन्। प्रहरीले अनुन्धान गरिरहेको छ।
Facebook Comments Box
