कृष्णनगरमा लालपुर्जा वितरण शुरु , गुठीमा दर्ता रहेका गाउंकाे कर घटाउन मन्त्रीलाई अनुराेध

सेयर गर्नुहोस

कृष्णनगर , भदाैं १४ । कृष्णनगर नगरपालिकाभित्र पनि नापी भई सकेका जग्गाकाे लालपुर्जा वितरण शुरु हुने भएकाे छ ।
पहिलाे चरणमा नगरपालिकाकाे वडा १२ काे गाउंहरुमा नापी भैसकेको जग्गाधनीलाई लालपुर्जा वितरणकाे आवश्यक प्रक्रिया पूरा भइसकेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो भएकाे छ ।
कृष्णनगर नगरपालिकाकाे कुनै पनि वडामा हालसम्म हकभाेग गर्दै आएका जग्गाकाे नापी सकिएपनि लालपुर्जा वितरण हुन सकेकाे छैन ।
त्यस्तै कृष्णनगर नगरपालिकाभित्रका गुठी जग्गाहरुमा बढी मालपोत करले जग्गाधनी मर्कामा परेकाे गुनासाे बढेकाे छ ।
साे सम्बन्धमा नगर प्रमुख रजत प्रताप शाहले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटेर जानकारी गराउनु भएकाे छ । भेटघाटका क्रममा नगरप्रमुख शाहले गुठीमा दर्ता नगरपालिकाकाे तीन वटा गांउकाे कर घटाउन मन्त्री अधिकारीलाई अनुराेध गरेका थिए ।
कृष्णनगर नगरपालिका अन्तर्गत वडा नं. ४ मा दुई मौजा गुठी तर्फ दर्ता रहेका जसमा शिवराज गुठी रमवापुर ,वे.गुठी बालानगर र वडा नं. १२ मा मौजा वे. गुठी ठकुरापुर दर्ता रहेका छन । दुई वडाका तीन वटा गाउंहरू गुठी रैतान नम्बरी अन्तर्गत दर्ता रहेकाले भूमिकर मालपोतमा १६४.४० प्रति कठ्ठा जमा गर्नुपर्ने स्थानीयकाे बाध्यता रहेकाे छ ।
त्यही कृष्णनगर नगरपालिकाको अन्य गाउंकाे भूमिकर पांच रुपैयाँ प्रति कट्ठामात्र रहेको छ । यसरी भुमिकर बढी रहेकाेले गुठी संस्थानसंग समन्वय गरि मालपोत कर स्थानीय तहकाे बराबर नै राख्न पहल गरिदिनु हुन नगरप्रमुख रजतप्रताप शाहले अनुराेधपत्र समेत बुझाएका छन ।

Facebook Comments Box