उद्योगमा कार्यरत शिवराजका महिलाले अब यातायातमा ७० प्रतिशत छुट पाउने

सेयर गर्नुहोस

जितपुर । कपिलवस्तुको शिवराज नगरपालिकामा बिभिन्न उद्योगहरुमा काम गर्ने महिला तथा कर्मचारीहरुलाई यातायात भाडामा ७० प्रतिशतसम्म छुट दिइने भएको छ । नगर प्रमुख अजय थापा र यातायत ब्यवसायीबीच भएको लामो छलफलपश्चात यस्तो निर्णय भएको हो ।

शिवराज नगरपालिका घर भएर नगरभित्र जहाँजहाँ कार्यरत भएको भए पनि आवतजावत गर्दा परिचय पत्रको आधारमा उक्त छुट दिइने नगर प्रमुख अजय थापाले बताए ।

उनका अनुसार कृष्णनगर यातायात प्राली, बुटवल यातायात प्राली, पश्चिमाञ्चल वस ब्यवसाय प्राली र सजिलो यातायत प्रालीसंग भाडा छुट दिने विषयमा सहमति भएको छ । सहमति बमोजिम अब परिचय पत्र वितरणको कार्य अघि बढ्ने थापाले बताए ।

बिभिन्न उद्योगमा कम गर्ने महिलाको समस्यालाई मध्यनजर गर्दै नगरले गरेको यो निर्णयपछि सयौँ महिला कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नगरले महिला दिदीबहिनीको लागि आगामी दिनमा अरु थुप्रै यस्ता योजनाहरु अघि सार्ने मेयर थापाले जानकारी दिए ।

Facebook Comments Box