कृष्णनगरमा अज्ञात मानिसकाे अस्तिपञ्जर शव फेला परेपछि व्यापारी त्रासमा

सेयर गर्नुहोस


कपिलवस्तु , कार्तिक ११ । जिल्लाकाे कृष्णनगरमा एउटा अज्ञात मानिसकाे हाडखाेर फेला परेकाे छ ।
बेलुकी साढे पांच बजे कृष्णनगर नगरपालिका वडा २ गुरुद्वारा स्थित नन्दलाल अग्रवालकाे भत्केको जीर्ण भवनमा अज्ञात मानिसकाे अस्थिपन्जर फेला परेकाे छ । हाडखाेरलाई थप अनुसन्धानका लागि फाेरेन्सिक टेस्ट गराउन शिवराज अस्पताल बहादुरगंज पठाइएकाे इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
अन्दाजी २० बर्ष पहिलेदेखि बस्न छाडेकाे नन्दलाल अग्रवालकाे छिमेकमा मर्मत भइरहेकाे घरका कामदारले हाडखाेर देखेपछि प्रहरीलाई खबर गरेका हुन । हाडखाेर फेला परेपछि कृष्णनगरका व्यापारीहरुमा त्रास सृजना भएकाे उद्योग वाणिज्य संग कृष्णनगरका पुर्व अध्यक्ष गुरुशरण सिंहकाे भनाई छ। कृष्णनगर बजार भारतिय सिमासंग सटेकाे जिल्लाकै मुख्य नाका रहेकाेले यस्ता संदिग्ध घटनाहरुले व्यापारीमा त्रास फैलाउदै अाएकाे पुर्व अध्यक्ष सिंहले बताए ।

Facebook Comments Box