इम्बार्क फाउन्डेसनद्वारा जनचेतनामूलक कार्यक्रम समपन्न

सेयर गर्नुहोस


कपिलवस्तु , कार्तिक ६ । जिल्लाकाे कृष्णनगरमा रहेकाे इम्बार्क फाउन्डेसनले अनज जनचेतनामूलक कार्यक्रम गरि सुरक्षा कीट वितरण गरेकाे छ।
काेविड १९ काे संक्रमण बढदै गएका बेला सुरक्षाका उपायबारे कृष्णनगरकाे लक्ष्मीनगरमा सराेकारवालाका बीच अन्तर्क्रिया कार्यक्रम गरि जनचेतनामुलक सन्देश प्रवाह गरिएकाे फाउन्डेसनकाका अध्यक्ष मिर्जा रासिद वेगले बताउनुभयाे । नगरप्रमख रजत प्रताप शाहकाे प्रमुख अतिथ्यतामा मास्ककाे प्रयाेग, भाैतिकदुरि व्यवस्थापन तथा साबुनपानीद्वारा हाथ धुने जस्ता समाजिक सन्देशबारे छलफल गरिएकाे थियाे ।
इम्बार्क फाउन्डेसनले सैयाैं जनालाई राेजगारि दिएकाे छ भने बर्सेनि विभिन्न समाजिक जनचेतनामूलक कार्यक्रम गर्दै अाएकाे संरक्षक तथा नेकपाका प्रदेश सदस्य मिर्जा अरसद वेगले बताए ।
साेहि कार्यक्रममा प्रेस क्लब अफ कृष्णनगरलाई १० वटा पत्रकारकाे ज्याकेट पनि हस्तान्तरण गरिएकाे थियाे ।

Facebook Comments Box