नाग पञ्चमीमा तौलेश्वरनाथ महादेव मन्दिरमा जिउँदो नागको गरियो पूजा

सेयर गर्नुहोस

किरणमान बज्राचार्य
कपिलवस्तु
नाग पञ्चमीको अवसरमा कपिलवस्तु तौलिहवा स्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा २ जिउँदो नागको पूजा गरिएको छ। नटुवाहरुले ल्याएको २ गोमन सर्पको भक्तजनहरूले पूजाआजा गरेका हुन।

मन्दिरमा आएका भक्तजनहरूले साक्षात् नागको दर्शनसँगै पूजा गर्न पाउँदा हर्षित बनेका छन् । मन्दिरमा रहेको शिव लिङ्गको पूजासँगै उनीहरुले मन्दिर परिसरमा गोमन सर्पलाई दूध, लावा, चना, अक्षता, अबिर, चन्दन र फुल चढाएर पूजाआजा गरेका हुन।

नाग पञ्चमीका दिन सर्पको पूजाआजा गरेमा सर्पको डसाइबाट जोगिने र परिवार सुरक्षित रहने भक्तजनहरूको बिश्वास रही आएको छ । बिहानै ७ बजेबाट देखि दिउँसोसम्म १ बजे सम्म नागको पूजाआजा गर्नेको भीड थियो।

नाग पञ्चमीमा मन्दिरमा जिउँदो नागको दर्शनसँगै पूजाआजा गर्न पाएकोमा खुसी लागको स्थानीय अजय बर्माले बताए। नाग पञ्चमीमा मन्दिरमा एक हजार बढी भक्तजनहरूले मन्दिरमा दर्शनसँगै जिउँदो नागको पूजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले बताए । श्रद्धालुले गच्छे अनुसार सर्पलाई पूजाआजा गरी नगद पनि चढाएका थिए। युवा युवतीले घाटीमा सर्प बेरेर फोटो खिचाएका थिए।

Facebook Comments Box