फाइनलमा साविक विजेता अमेरिकाले पायो इटाली प्रतिद्वन्द्वी

सेयर गर्नुहोस

काठमाडौं : पेरिस ओलम्पिक २०२४ अन्तरगत महिला भलिबलमा अमेरिका पाँचौं पटक फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको सेमिफाइनलको पहिलो खेलमा साविक विजेता अमेरिकाले ब्राजिललाई ३-२ (२५-२३, १८-२५ २५-१५ २३-२५ १५-११) को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्नबाट एक खेल टाढा रहेको छ।

 

टोकियो ओलम्पकिमा स्वर्ण पदक जितेको अमेरिकाले सन् १९८४ मा लस एन्जलस, सन् २००८ मा बेइजिङ र सन् २०१२ मा लण्डनमा रजत पदक जितेको थियो।

सन् १९९२ बार्सिलोना र २०१६ रियोमामा कास्य पदक जितेको छ भने लगातार पाँचौं पटक पदक पक्का गरेको छ।

यस्तै गएराति नै भएको अर्को खेलमा टर्किएलाई सोझो सेट २५-२२ २५-१९ २५-२२ को सेटमा पराजित गर्दै इटाली पहिलो पटक फाइनलमा पुगेको छ।

 

सन् २००० मा सिड्नी ओलम्पिकबाट सहभागिता जनाएको इटालीले पहिलो पटक स्वर्णका लागि प्रतिस्पर्धा गर्न लागेको हो। स्वर्ण पदकका लागि इटाली र अमेरिका आइतबार भिड्नेछन्।

Facebook Comments Box