लागू अाैषध ट्रान्जिट प्वाइन्ट बन्दै कृष्णनगर

सेयर गर्नुहोस


कपिलवस्तु , कार्तिक ४ । जिल्लाका कृष्णनगर लिंकगेटमा चेकजाँच गर्दा प्रहरीले ३ किलाे अफिम बरामद गरेकाे छ।
दिउंसाे डेढ बजेका समय लिङकगेट स्थित डिउटिमा खटिएको प्र.ना.नि.रेशम बाहदुर जि.सी. समेतको प्रहरी टोलीले नेपाल भारत आबत जाबत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ पैदल जाँदै गरेका बर्ष ३५ का लाले भन्ने लाल बहादुर खत्रीकाे झाेलामा ६ वठुटा प्याकेटमा ३ केजि अफिम बरामद गरिएकाे प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी गराएका छन ।
प्रहरीले सोधपुछ गर्दा जिल्ला रुकुम पश्चिम वाफिकोट गाउंपालिका वडा ८ दुली बस्ने खत्रीकाे शरीर चेकजाँच गर्न लाग्दा झोला छाेडेर भारत तर्फ भागेका थिए ।
प्रहरी टोलीले पिछा गर्दै जाँदा खत्री नेपाल-भारत दशगजा पार गरी भारत तर्फ दौडिदै जाने क्रममा भारतिय सिमा सुरक्षा बल ( SSB ) को डिउटी टोलिले नियन्त्रणमा लिई शरिर चेकजाँच गर्दा कम्मरको भागमा समेत ४ प्याकेट अफिम समातिएकाे भारतीय संचारकर्मीहरुले बताएका छन । केही दिन देखि कृष्णनगर नाका लागू अाैषधका ट्रान्जिट प्वाइन्ट बन्दै गएकाले प्रहरीलाई टाउकाे दुखाई बनेकाे छ।

Facebook Comments Box