मध्यपूर्वमा तत्काल तनाव कम गर्न राष्ट्रसंघको आह्वान

सेयर गर्नुहोस

मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कले मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गरेका छन्।

‘म मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति अत्यन्त चिन्तित छु र प्रभावशाली राज्यहरूसहित सबै पक्षलाई अत्यन्तै अनिश्चित अवस्था बनेको छ भनेर तुरुन्तै कदम चाल्न आग्रह गर्छु’, टर्कले भने।

इरानले सोमबार तेहरानमा प्यालेस्टिनी सशस्त्र समूह हमासका राजनीतिक नेता इस्माइल हानियाको गत हप्ता भएको हत्यामा इजरायललाई दण्ड दिने ‘कानूनी अधिकार’ रहेको बताएको छ ।

हानियाको हत्याबारे इजरायलले कुनै टिप्पणी गरेको छैन तर बेरुतमा आक्रमण गरेको स्वीकार गरेको छ। बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएका थियो। अहिले इजरायल र लेबनानमा हिजबुल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ।

‘पहिले नै, विगत १० महिनामा अधिकांश महिला र बालबालिकाले बम र बन्दुकका कारण असहनीय पीडा सहेका छन्’, टर्कले भने, ‘यो स्थितिलाई रसातलमा जानबाट रोक्न सबैथोक गरिनुपर्छ।’

Facebook Comments Box