आईसीसी लिग-२ : बन्द प्रशिक्षणमा २२ खेलाडी
काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ का लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
क्यानले आज एक सूचना जारी गर्दै आगामी सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप लिग-२ का लागि २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
बन्द प्रशिक्षणमा कप्तान रोहित शर्मासँगै कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी समावेश भएका छन्।
करण केसी, गुल्शन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सुन्दीप जोरा रहेका छन्।
Facebook Comments Box
