झापाको दुर्गापुरमा प्रभु बैंको नयाँ शाखा
काठमाडौं : झापाको कनकाई नगरपालिका-७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ।
दुर्गापुरमा झापाको पाँचौँ र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो। बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले बिहीबार शाखाको उद्घाटन गरे।
कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यो क्षेत्रको आर्थिक चलायमान बनाउन शाखा सञ्चालनमा आएको बताए।
बैंकले देशभर ३१४ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ।
Facebook Comments Box
