गोकर्णेश्वरको धाप ड्याम : नयाँ पर्यटकीय गन्तव्य

सेयर गर्नुहोस

काठमाडौं : शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका-१, स्थित मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकको नयाँ गन्तव्य बनेको छ।

बर्खाको पानी जम्मा गरेर हिउँदमा बागमती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भए पनि काठमाडौंबाट नजिकै रहेको मनमोहन ताल पर्यटकको रोजाइमा पर्ने गरेको हो।

ड्याम करिब १३ हेक्टरमा फैलिएको छ। ड्याम अवलोकन गर्न आउने पर्यटकले तालको ७५ प्रतिशत भाग देखिनुका साथै मौसमअनुसार विभिन्न हिमश्रृंखला र निकुञ्जभित्रका अन्य प्राकृतिक दृश्य समेत अवलोकन गर्न सक्नेछन् ।

धाप बाँध पुग्न शिवपुरी-नागार्जुन निकुञ्ज हुँदै जानुपर्छ। यहाँ जनका लागि सुन्दरीजल, मूलखर्क, हिले भञ्ज्याङ हुँदै जान सकिन्छ भने त्यसै गरी कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी मन्दिरको दर्शन गर्दै बीच बाटोमै पर्ने मडिच”ड दहको अवलोकन गर्दै पनि जान सकिन्छ। त्यसैगरी धाप ड्यामबाट ३ किमी दूरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना खाजा खाएर पुन काठमाडौं फर्किन सकिन्छ।

चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको हुनाले आफ्नै सवारीसाधन प्रयोग गरेर पनि धाप ड्याम पुग्न सकिन्छ। त्यसैगरी, चाबहिल-साँखु-जहरसिंह पौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ किलोमिटर दूरी पार गर्नुपर्छ।

धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ। साथै, मोटरसाइकल वा स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको शुल्क गरी २५० रुपैयाँ तिर्नुपर्छ।

Facebook Comments Box