चार संसदीय समितिको बैठक बस्दै

सेयर गर्नुहोस

काठमाडौं : संघीय संसद्का चार समितिको बैठक बिहीबार बस्दैछ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजेका लागि बालाइएको छ। बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुँने संसद् सचिवालयले जनाएको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यसको प्रवर्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठक बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्वीकृति सम्बन्धमा परेको उजुरीका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग छलफल हुँनेछ।

दिउँसो १ बजेका लागि बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग ‘संकल्प प्रस्ताव’ सम्बन्धमा छलफल हुँने संसद् सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नरायण दाहाललाई बोलाइएको छ।

Facebook Comments Box