सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन्।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका हुन्।

एमालेले आज सचिवालय बैठक बोलाएको छ। तर, सोमबार राति आएको भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा पानी पसेपछि आजको बैठक होटल बसेरामा राखिएको छ। उनले लेखेका छन्,

शुभ बिहानी ।

सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।

आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला।

धन्यवाद।

Facebook Comments Box