नवनियुक्त तीन प्रदेशप्रमुखले आज शपथ लिने
काठमाडौं : नवनियुक्त प्रदेशप्रमुखहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शीतलनिवासमा अपराह्न ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ।
बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष््ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेशप्रमुखको शपथ लिन लागेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए।
Facebook Comments Box
