एमाले सचिवालय बैठक बस्दै

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एमालेको सचिवालयको बैठक बस्ने भएको छ। बैठक आज बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

Facebook Comments Box