भोजपुरमा बाढीले हाइड्रोमा कार्यरत २ जना मजदुर बगायो, एकको उद्धार
भोजपुर : भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ।
बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्सेपेक्टर दिपक श्रेष्ठले बताए।
बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन्।
यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ। उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ। अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ।
Facebook Comments Box
