सिग्देललाई कामु प्रधानसेनापति बनाउने निर्णय

सेयर गर्नुहोस

काठमाडौं : सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिने हुनाले त्यो भन्दा एक महिना अगाडि साउन २५ देखि बिदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति बनाइएको हो।

Facebook Comments Box