हिन्दु धर्मकाे अास्थामाथि खेलवाड गरेकाे भन्दै बहादुरगंजमा नाराजुलुस ,ताैलिहवामा विराेध प्रदर्शन।

सेयर गर्नुहोस

माग पूरा नगरे कड़ा अान्दोलनमा जाने चेतावनी।

कपिलवस्तु, असाेज २७ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरिएको सूचना त्रुटिपूर्ण र हिन्दू आस्था माथि प्रहार गरिएको भन्दै तौलिहवामा रैली सहित बिरोध प्रदर्शन भएको छ।
प्रजिअ दीर्घनारायण पाैडेलले जारि गरेकाे जिल्ला व्यापी मुर्ति निर्माण र विसर्जनमा राेक लगाउने सुचनाकाे विराेधमा विभिन्न हिन्दुबादि संगठनले प्रदर्शन गरेका छन । नेपाल विश्व हिन्दु महासंघ, महाकाल समाजिक संस्था , हिन्दु नरसिंह सेना, हिन्दु परिषद नेपाल लगायतका संस्थाहरुले बहादुरगंज ताैलिहवामा सरकार र प्रशासन विरुद्ध नाराबाजी गरेका छन ।
नेपाल बिश्व हिन्दु महासंघ कपिलवस्तुद्वारा हुम्लामा चिन द्वारा गरिएको सिमा अतिक्रम एवम् जिल्ला प्रशासन कार्यालय कपिलवस्तु द्वारा दशैमा दुर्गा मुर्ति बनाउन र बिसर्जन गर्न नपाउने भनि गरिएको निर्णय को विरुद्धमा रैली सहित बिरोध प्रदर्शन गरिएको हो। रामघाटको बगैचा सुरु भएको रैली जिल्ला प्रशासन कार्यलय अगड़ी कोण सभा गरी सम्पन्न गरिएको हो।

विभिन्न माग र नाराका साथ महासंघले बिरोध प्रदर्शन गरेका गरेको हो । मिचिएको नेपाली भुमि फिर्ता गर, चिनिया अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिस्चित गर, चिनिया बिस्तारवाद मुर्दावाद, हिन्दू धर्म संस्कृति माथी हस्ताक्षेप बन्द गर, कोरोनाको बहाना दशै तिहार लाई निसाना बनाउन पाइदैन, मुर्ति बनाइ पूजा अर्चना एवम् बिसर्जन रोक्न पाइदैन, हिन्दु मठ मन्दिर र चाड पर्वले मात्र कोरोना फैलिन्छ सरकार ? जस्ता नाराले लेखिएका व्यानरका साथ प्रदर्शन गरेका हुन ।
मिति २०७७ आसोज १९ गते जारी गरिएको सूचना हिन्दूहरूको चाडपर्बलाई लक्षित गरी जारी गरिएको सूचना पूर्णरूपले हिन्दू आस्था खेलवाड़ गरिएको नेपाल विश्वहिन्दू महासंघ कपिलवस्तु जिल्लाको ठहर रहेको नेपाल बिश्वहिन्दू महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष उदयभान यादवले बताउनु भएको छ।
उक्त सूचनालाई सच्चाई दिन का लागि नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तुले आसोज २२ गते जिल्ला प्रमुख दीर्घनारायण पौडेललाई ज्ञापन पत्र बुझाए पनि सो ज्ञापनपत्र को बेवस्था गरेपछि आज नेपाल विश्वहिन्दू महासंघ कपिलवस्तुले जिल्ला प्रशासन कार्यलय अगडी बिरोध प्रर्दशन गर्न बाध्य भएको जिल्ला अध्यक्ष यादवले बताउनु भएको छ। उक्त निर्णयलाई तत्काल जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले सच्चाउनु पर्दछ भने हाम्रो माग रहेको उनले बताए। यदि हाम्रो मागलाई ब्यवस्था गरेमा कपिलबस्तु जिल्ला भारी चर्को आन्दोलन गर्ने र चक्का जाम समेत गर्ने जिल्ला अध्यक्ष यादवले बताउनु भएको छ।

दशै प्रारम्भ हुन केहि दिन अगावै मात्र कुनै किसिमको मूर्ति नबनाउने र बिसर्जन नगर्ने साथै बाजागजा समेत नबजाउने भनी जारी गरिएको सूचना अत्यन्त त्रुटिपूर्ण र हिन्दू आस्था माथि ठुलो प्रहार हो भन्ने नेपाल विश्व हिन्दू महासंघले ठहर गरेको जिल्ला प्रवक्ता मोतीलाल मिश्रले बताउनु भयो।
नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तुले बिहिवार जिल्ला प्रशासन कार्यालय प्रमुख दीर्घनारायण पौडेललाई ज्ञापनपत्र बुझाइएको नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष उदयभान यादवले जानकारी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मिति २०७७ आसोज १९ गते जारी गरिएको सूचना हिन्दूहरूको चाडपर्बलाई लक्षित गरिएको अध्यक्ष यादवले बताए।

दशै प्रारम्भ हुन केहि दिन अगावै मात्र कुनै किसिमको मूर्ति नबनाउने र बिसर्जन नगर्ने साथै बाजागजा समेत नबजाउने भनी जारी गरिएको सूचना अत्यन्त त्रुटिपूर्ण र हिन्दू आस्था माथि ठुलो प्रहार हो भन्ने नेपाल विश्व हिन्दू महासंघले ठहर गरेको जिल्ला प्रवक्ता मोतीलाल मिश्रले बताउनु भयो।

हजारौं मूर्तिकारले करोडौं खर्च गरी दशैका लागि मूर्ति तयार पारीसकेको खण्डमा १२ दिन मात्र दशै बाकी रहेको बेलामा प्रशासनबाट यस्तो सूचना आउनु भनेको ती सबै मूर्तिकारलाई प्रत्यक्ष रुपमा धरासाही बनाउनु हो भन्ने कुरा नेपाल विश्व हिन्दू महासंघ लुम्बिनी प्रदेशका महासचिव निरञ्जन यादवले बताउनु भएको छ। उनले भने “विश्वब्यापी “कोभीड़-१९” को यस महामारीबाट जोगिन सुरक्षा नीति अपनाउनु स्वाभाविक हो” तर कोरोनाको बहना बनाई कसैको आस्था वा धर्म माथि खेलवाड़ गरी यस्तो किसिम सूचना जारी गर्नु एकदम गलत हो।सुरक्षा मापदण्ड अनुसारको नीति अवलम्बन गरी धार्मिक र साँस्कृतिक कार्यहरू गर्नु पर्दछ भन्ने हाम्रो मूल मान्यता रहेको प्रदेश सचिव यादवले बताउनु भएको छ।जिल्ला प्रशासन कार्यालयले उक्त त्रुटिपूर्ण निर्णयलाई सच्याई सुरक्षा को मापदण्ड अपनाई धार्मिक र साँस्कृतिक कार्यहरु सामाजिक दुरि बनाइ गर्न पाइने सहज बातावरण मिलाई दिन नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तु शाखाको माग रहेको प्रदेश महासचिव यादवले बताउनु भयो।

Facebook Comments Box