मोहर्रम : हिन्दु-मुस्लिमसंगै मनाउने एकमात्र पर्व कृष्णनगर क्षेत्रमा तहाजियाकाे प्रतिस्पर्धा

सेयर गर्नुहोस

कृष्णनगर क्षेत्रमा तहाजियाकाे प्रतिस्पर्धा

कपिलवस्तु, साउन २ । मुस्लिम धर्माबलम्बिको प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाती शहिद हजरत हुसैनको सम्झनामा माेहर्रम हिन्दु-मुस्लिम दुवै समुदायले धुमधामका साथ मनाउदै आएकाे छन ।
कृष्णनगरको लक्ष्मीनगरको कर्बलामा मोहर्रम पर्व मनाइन्छ । इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाँउमा  याहुदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा यो पर्व शाेकका रुपमा मनाइने गरिन्छ । कृष्णनगरमा पनि मेला आयाेजन गरि ताजियालाई कर्बलामा विसर्जन गरि मोहर्रम पर्व मनाइएको हो ।

नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा विशेष महत्वका साथ मनाईन्छ । मुस्लिमहरु मात्रै मनाउदै आएको यो पर्व पछिल्लो समय हिन्दु धर्मवलम्बीहरुले पनि मनाउने गरेका छन । ताजिया प्रति आस्था बढ्दै गएपछि, मागेको भाकल पुरा हुने भएपछि हिन्दु समुदायले पनि ताजिया बनाउने गरेका छन ।

ईस्लामीक धर्मको नयां बर्षका दिन देखी सुरु हुने मोहर्रमका १० दिन सम्म नै फरक फरक तरीकाले पर्व मनाउने गर्दछन् । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि भनिन्छ । मोहर्रम १० तारिखकै दिन धेरै नबीहरु माथी अल्लाहको इनायत भयो र पापीहरुलाई सजाय गरिएको थियो जसमा हजरत हुसैनले पनि सहादत पाउनु भएको थियो ।

त्यसैले यो शोक दिनको सम्झनामा मस्जिदमा कुरान पाठ गरिनुका साथै बेलुकी खिचडा (खाने पक्वान्न) बनाएर बाँडिन्छ । घरमा बनाइएका ताजियाहरु नजिकको कर्बला(रण)मा पुगेर बिभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई बिभिन्न सामग्री अर्पण गरि यो पर्व मनाईन्छ । भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने पनि गर्दछन विशेषगरी मोहर्रम पर्व मुस्लिम समुदायले मनाउने भए पनि भाकल पूरा भएको भन्दै केही हिन्दु धर्मावलम्बीले पनि ताजिया राख्ने गर्छन् ।

ताजियाहरुलाई ९ मोहर्रम नवमीका दिन पुजा गरि १० तारिखमा (ताजिया)को कर्बलामा बिजर्सन गरि मोहर्रम पर्वको बिधिवत समापन हुने गर्दछ । कपिलवस्तुको कृष्णनगर, महाराजगंज, बहादुरगंज, तौलिहवा लगायत विभिन्न ठांउमा पर्व धुमधामका साथ मनाइने गरिन्छ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर मा रहेको ‘मदारगढ’ कर्बलामा समेत प्रत्येक बर्ष धुमधामका साथ मोहर्रम पर्व हिन्दू तथा मुस्लिम धर्मावलम्बीहरू मनाउदै आएका छन्। मेला शान्तिपुर्ण र सुरक्षित बनाउन ईलाका प्रहरी कार्यालय कृष्णनगरका कार्यालय प्रमुख सुरज खत्री तथा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेको नेतृत्वमा टोली परिचालन गरिएकाे छ।

Facebook Comments Box