पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला
काठमाडौं : कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुवेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ।
धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षिय सन्तोष सिंखडा पौडी खेल्ने क्रममा सो खोलामा डुवेर बेपत्ता भएका थिए।
सो घटनाबारे जानकारी प्राप्तहुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले डिप ड्राइभ गरी झण्डै २० फिट गहिराईबाट उनको शव बाहिर निकालेको हो।
Facebook Comments Box
