परराष्ट्रमन्त्री राणालाई भारतीय समकक्षीको बधाई
काठमाडौं ।
नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई समकक्षी भारतका विदेशमन्त्री एस जयशंकरले बधाई दिएका छन्।
आफ्नाे व्यक्तिगत ट्वीटरमा पोष्ट गर्दै भारतीय समकक्षी जयशंकरले परराष्ट्रमन्त्री राणालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
राणासँग बहुआयामिक साझेदारीका विषय थप बढाउन मिलेर काम गर्न उत्सुक रहेको विदेशमन्त्री जयशंकरको भनाइ थियो।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सोमबार गठन भएको मन्त्रिपरिषदमा राणा परराष्ट्र मन्त्री बनेकी हुन्। उनी पहिलो पटक क्याबिनेट छिरेकी हुन्।
Facebook Comments Box
