नेत्र ज्याेति संघकाे २० ओैं साधारणसभा सम्पन्न
अरुण श्रीवास्तव ,
ताैलिहवा /कपिलवस्तु ,असार २९ । नेपाल नेत्र ज्याेति संघ ताैलिहवा शाखाकाे साधारणसभा सम्पन्न भएकाे छ ।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुुख सुदिप पाैडेलकाे प्रमुख अतिथ्यता तथा शाखाका सभापति मनाेज श्रीवास्तवकाे अध्यक्षमा २० ओैं साधारणसभा सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख पाैडेलले नेत्र ज्याेति संघले दिदै आएकाे सेवाहरु उदाहरणीय रहेकाे बताउनुभयाे । साथै उनले विगतका दिनमा जस्तै थप सहकार्य र समन्वय गर्दै नगरपालिका अघि बढ्ने प्रतिवद्धता गर्नुभयाे ।
विशिष्ट अतिथि हरिराज शर्मा ले आँखा बिरामीलाई दिदै आएकाे उपचारले शाखाकाे सेवा राम्राे अनुभुति भएकाे छ थप सक्रियताका साथ कार्यसमिति अगाडि बढ्न शुभकामना दिनुभएकाे थियाे ।
सभाका सभापति मनाेज श्रीवास्तवले सराेकारवाला निकायसंग सहकार्य समन्वय गरि नवनिर्वाचित समितिले हजारौं विपन्न, असहायलाई निशुल्क आँखा शल्यक्रिया गराईएकाे बताउनुभयाे । सभापति श्रीवास्तवले समाज समर्पित कार्यहरुमा अग्रिण दम्पत्ती कपिलवस्तु नगरपालिका वार्ड नं. ३, आनन्दबाग, कपिलवस्तु निवासी हरिराज शर्मा र पार्वती शर्माले नेपाल नेत्र ज्योति संघ कपिलवस्तु जिल्ला शाखालाई आखा अस्पताल संचालन गर्न तीन कठ्ठा जग्गा दान गरेर सबैलाई आखाको ज्योति देखाउने महान कार्यका लागि गरेको सहयोग, सद्भाव र समर्पणको प्रशंसासमेत गर्नुभएकाे थियाे ।
कार्यक्रमकाे संचालन खगप्रसाद शर्मा चपागाइले गर्नु भएकाे थियाे । पुर्व सभापति रमेश शर्मा , अनुप पाण्डेय , पत्रकार रमेश मिश्र , किरणमान बज्राचार्य लगायतकाे उपस्थिति थियाे ।

