सेवाग्राहीलाई सहजरूपमा सेवा दिन गृहसचिव अर्यालको निर्देशन

सेयर गर्नुहोस

कपिलवस्तु : गृहसचिव एकनारायण अर्यालले सेवाग्राहीलाई सहजरूपमा सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन्।

बुधवार इलाका प्रशासन कार्यालय चन्द्रौटाको भवन उदघाटन गर्दै सचिव अर्यालले नयाँ भवनबाट सेवाग्राहीले सहजरूपमा सेवा पाउने विश्वास व्यक्त गरे।

उनले सीमा क्षेत्र नजिकै रहेको प्रशासन कार्यालयले शान्ति सुरक्षामा जोड दिँदै नागरिकहरूलाई सुरक्षाको प्रत्याभूत गराउनुपर्ने बताए।

इलाका प्रशासन कार्यालय चन्द्रौटामा अब छिट्टै राहदानीको काम हुने पनि अर्यालले जानकारी गराए।

Facebook Comments Box