पाख्रीवास नपाद्वारा चाडपर्व नजिकै गर्दा अनुगमनको क्रमलाई दियो तिव्रता

काेराेना भाइरस काेभिडले गर्दा नेपाल सरकारले लकडाउन लगाए सगै लामाे समय सम्म बजार संघ सस्थाहरु अहिले लकडाउन खुलेकाे छ । चाडपर्वकाे बिचमा बजार खेलेकाेले
धनकुटाको पाख्रीवास नगरपालिकाले विभिन्न वडाका वजार पसलहरुको अनुगमनको क्रमलाई तिव्रता दिएको छ ।
अनुगमनको क्रममा अधिकांश पसलहरु दर्ता नगरि सञ्चालन गरिएको पाईएको अनुगमन टोलिमा संलग्न पाख्रीवास नगरपालिकाका राजश्व शाखा प्रमुख खेमचन्द्र वस्तिले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती पसलहरुमा उपभोक्ता वा सेवाग्राहीको जानकारीका लागि मूल्य सूचि समेत नराखेको पाईएकोले ७ दिन भित्र पसलहरु दर्ता गर्न र सेवाग्राहीले देख्ने ठाउँमा मूल्य सूचि अनिवार्य राख्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
ग्रामिण क्षेत्र नजिकका पसलहरुमा ठूला वजार क्षेत्रबाट उपभोग्य समय कम भएका सरसामान वढी जाने गरेको पाईएको र त्यस क्षेत्रका व्यापारी,व्यवसायीलाई करको दायरामा ल्याउनका लागि पनि ग्रामिण क्षेत्रका पसलहरुको अनुगमनलाई तिव्रता दिईएको उहाँको भनाई छ ।
अनुगमन टोलिमा उद्योग वाणिज्य संघ पाख्रीवासका अध्यक्ष केशर वहादुर राई,पाख्रीवास नगरपालिकाका जनस्वास्थ्य अधिकृत मोहम्मद स्माईल,लेखा अधिकृत दिपेन्द्र अधिकारी,ईलाका प्रहरी कार्यलय पाख्रीवासका प्रहरी नायव निरिक्षक उज्वल शाक्यले बताए ।
असाेज २१ गते देखि पाख्रीवास नगरपालिकाका प्रशासन शाखा प्रमुख सत्य नारायण राईको नेतृत्वमा खटिएको टोलिले सो नगरपालिका क्षेत्रको २,३ र ६ नं वडाको सान्ने,पाख्रीवास र फलाटे बजारका खाद्यान्न,औषधि पसल तथा होटल सहित जम्मा २३ वटा पसलहरुको अनुगमन गरेको थियाे भने बाकी वडामा क्रमशः अनुगमन निरन्तरता दिने शाक्यले बताए ।
Facebook Comments Box
