जनता समाजवादी पार्टी छिपहरमाइ गाउँपालिकामा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस
जनता समाजवादी पार्टी छिपहारमाइ गाउँपालिका कार्यसमितिले आज अगुवा कार्यकर्ता भेला तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ
। जनता समाजवादी पार्टीका नेता कर्याकर्ताहरु एक अर्कालाई अबिर र माला सट्टासाट गरि हिन्दुहरुको महानपर्ब दशै, तिहार र छठ्को शुभकामना व्यक्त गरेका छन ।
पालिका समिती अध्यक्ष इग्रासन सा कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माननीय सिहासन सा कलवारले दशैको शुभकामना दिदै आफुहरु मधेसी जनताको जनमतबाट निर्वाचित भयेकोले जनताको हरेक सुखदुःख सदैव साथमा छौ र निरन्तर बिकासको लागि लागि परेका छौ र छिपहारमाइ गापाकोसम्पुर्ण वडालाइ जोड्ने गरि एउटा रिस्ङ रोड्को परिकल्पना सहित अगाडी बढेको कुरा प्रदेश सांसदले बताए ।
कार्यक्रममा मधेस प्रदेश सदस्य मदन चौहान, तत्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेस प्रसाद यादव, जिल्ला सचिव तबरेज अहमद,एकाइ कमिटीका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन स्थानीय नेता हिमाचल कुशवाहाले गरेको थिए ।कार्यक्रममा उल्लेखनीय नेता कर्याकर्ताको सहभागीता रहेको थियो ।
Facebook Comments Box