कृष्णनगरले पायाे एकैचाेटि ५ एम्बुलेन्स

सेयर गर्नुहोस

कपिलवस्तु , असाेज १६ ।जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकै पटक पांच एम्बुलेन्स भित्रिने भएकाे छ।
काेविड१९काे संक्रमणका बेला अाफ्ना स्तरले स्थानिय नेताहरुले गरेका प्रयासले कृष्णनगर नगरपालिकाभित्र एकैपटक तीन एम्बुलेन्स भित्रिने भएकाे छ । भारतिय दुताबासले विश्व शान्ति दिवस तथा गान्धी जयन्तीकाे उपलक्ष्यमा विभिन्न संस्था मार्फत कृष्णनगर क्षेत्रलाई ३ वटा एम्बुलेन्स शुक्रबार हस्तान्तरण गरेकाे छ। दुताबासबाट बहादुरगंजकाे शिवराज अस्पताल , स्व:अजय प्रताप शाह सराेजनी शाह मेमाेरियल ट्रष्ट तथा मर्कस अस्लम तालिम वातर्वियत लाेक कल्याण संस्थाले १/१ एम्बुलेन्स पाएका छन भने कपिलवस्तु क्षेत्र ३का सांसद अभिषेक प्रताप शाहले अाफ्नाे संसदीय बजेटबाट कृष्णनगरका लागि २ वटा एम्बुलेन्सकाे रकम २५ लाख विनियाेजन गरेपछि कुल ५ वटा एम्बुलेन्स भित्रिने भएका छन । सांसद शाहले कुल चार स्थानिय तह कृष्णनगर, शिवराज , विजयनगर र महराजगंजमा एम्बुलेन्सका लागि बजेट विनियाेजन गरिएकाे बताउनुभएको छ ।
त्यस्तै पुर्व कृषि तथा पशुपन्क्षी मन्त्री तथा सभासद इकबाल अहमद शाह संयाेजक रहेकाे संस्थाले पाएकाे एम्बुलेन्स सेवामा कृष्णनगर क्षेत्रका प्रसुति सेवामा निशुल्क संचालन गरिने तथा अत्यन्त गरिबलाई पनि न्युनतम रकम लिने वा नभए निशुल्क नै अस्पतालसम्म पुर्याउने बताउनुभएकाे छ।
काेविड १९ काे संक्रमणका बेला संक्रमितलाई चेकजाँच तथा अाइसाेलेसनसम्म पुर्‍याउन एम्बुलेन्सकाे समस्या थियाे त्यहि संन्दर्भमा स्थानिय जनप्रतिनिधिहरुले गरेकाे सहयाेगले नगरपालिकाबासीले समयमै सेवा पाउने भएकाले नगरप्रमुख रजत प्रताप शाहले सबैलाई धन्यवाद व्यक्त गरेका छन ।

Facebook Comments Box