धान बालीमा लागेको किराले किसान चिन्तित
अजय यादव वियोगी ,कलैया ,बारा ।बाराबासी धान बालीमा लागेको किरा तथा रोगले गर्दा चिन्तित भएका छन् ।बाराको १६ पालिकाकै विभिन्न गाउँमा धान बालीमा रोगको प्रकोप देख्न थालेको हो।भदैया धान कटाई सकेपछि अहिले अगहनी धानमा लागेको किरा तथा रोगले चिन्तित बनाउँदै गएको कलैया उपमहानगरपालिका वडा -२० बसतपुरका किसान सुरेन्द्र प्रसाद यादवले बताउनुभयो ।धान बालीमा विभिन्न किसिमको रोग देखा परेको छ ,जति विषादी प्रयोग गरेपनि निको हुने छाटकाट नै छैन त्यसैले २ बिगाहामा लगाएको धान बाली सखाप हुने हो कि चिन्ता बढदै गएको किसान सुरेन्द्र प्रसाद यादवको भनाइ रहेको छ ।बाराको सुवर्ण गाउँपालिकाको हर्दिया ,प्रशुरामपुर ,मझरिया ,जमुनिया ,बगही ,कवही ,सनफुलवा लगायतको हजारौं बिगाहामा लगाएको धान बालीमा गवारो र धानको काँडेदार अपटे हिस्पा किराले बाली नै नोक्सान गर्न थालेको सुवर्ण गाउँपालिकाका कृषि शाखाका प्रमुख महेश्वर अधिकारीले बताउनुभयो ।बलाष्ट तथा खेरौ थोप्लो रोगले सुवर्ण गाउँपालिकाका किसान परेशान भएको र विभिन्न विषादी प्रयोग गर्न सल्लाह समेत दिने गरेको कृषि शाखाका प्रमुख अधिकारीको भनाइ रहेको छ ।बाराको सिम्रौनगढ ,महागढीमाई ,कोल्हबी नगरपालिकामा रोगको प्रकोप बढेपछि नगरपालिकाले कृषि शाखाका कर्मचारीलाई रोगको निदान गर्नको निम्ति खटाउन थालेका छन् ।अगहनी धान बालीमा रिठ्ठे किरा ,ग्वारो ,धानको खपटे दार हिस्पा ,फडके किरा ,धानको पतेरो ,पात बेरुवा र मिलिवग किराहरुले नोक्सानी पुर्याउने गरेको कृषि ज्ञान केन्द्र बाराले जानकारी दिएका छन् ।बारामा बलाष्ट रोग ,ब्याक्टेरियल लिफ फ्लाइट ,खैरो थोप्लो रोग ,फेद कुहिने रोग डंडुवा रोग र खैरा रोगले गर्दा हजारौं बिगाहा लगाएको धान बालीमा नोक्सानी पुगेको र विभिन्न स्थानीय तहका कृषि शाखासँग समन्वय गरि कृषि ज्ञान केन्द्रले परामर्श दिने गरेको कृषि ज्ञान केन्द्र बाराले जानकारी दिएका छन् ।बारामा धान बालीमा लागेको किराले किसान चिन्तित भएपनि सम्बन्धित निकाय मौन रहेको धान ब्लक सञ्चालक समिति बाराका पुर्व संयोजक एवम् अगुवा कृषक अशोककुमार यादवले बताउनुभयो ।फडके किराले धानका बिरुवा सुकेर नै मर्दछन ,बिरुवाहरु गाजिन वा बढन सक्दैन यस्ता प्रकोप बारा देखा परेपनि केन्द्र ,प्रदेश र स्थानीय सरकारले धान बाली लगाएका किसानको लागि केही सहयोग नगरेको र किसानलाई प्राविधिक सहयोग समेत दिन नसेकेकोले किसानहरूले अान्दोलन गर्नुको विकल्प नभएको अगुवा कृषक अशोककुमार यादवको भनाइ रहेको छ ।बारागढी ,करैयामाई गाउँपालिका किसान हरान भएका छन् ।बाराको उत्तरी भागलाई धानको हट स्पटको रुपमा मानिन्छ ।चरवन्त भनेको धानकै लागि प्रख्यात भएको हो तर अहिले धानमा विभिन्न प्रकोप देखापरे पनि सहयोग कसैले गर्न नसेकेको करैया गाउँपालिका वडा नम्बर -६ सेढवाका अगुवा किसान रामबाबु कर्णले बताउनुभयो ।करैया माई गाउँपालिकाको तेतरियमा धान बालीको विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।तर अाम किसानले केही अनुभुति समेत गर्न नसेकेको अगुवा कृषक कर्णको भनाइ रहेको छ ।बारामा धान खेती मुख्य खेतीको रुपमा रहेको महागढीमाई नगरपालिका वडा नम्बर -११ मधुरी निवासी हरि प्रसाद यादवले बताउनुभयो ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।

