प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्तावको विरोध गर्दै बहादुरगंजमा प्रदर्शन

सेयर गर्नुहोस


प्रिन्स मिश्रा , बहादुरगंज कपिलवस्तु । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरे लगत्तै बहादुरगंजमा विरोध प्रदर्शन सुरु भएको छ ।
कृष्णनगरको विभिन्न चोक, चौरहाहरुमा प्रदर्शनकारीहरु द्वारा सरकार विरुद्ध नाराबाजी सहित टायर वालेर प्रर्दशन गरेका छन ।
कपिलवस्तुका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएको छ ।
प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरे लगत्तै विरोध प्रर्दशन गरिएको प्रर्दशनकारीले बताउँछन् । उनीहरुले प्रदेश ५ को राजधानी कपिलवस्तु नै बनाउनु पर्छ र यदि सरकारले प्रदेश ५ को राजधानी कपिलवस्तु जिल्लालाई नबनाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

Facebook Comments Box