लक्ष्मणपुरमा विद्यालय सुधार समिति गठन

सेयर गर्नुहोस


कपिलवस्तु , असाेज १६ । जिल्लाकाे शिवराज नगरपालिका ८ काे एक बिद्यालयमा सुधार समिति गठन गरिएकाे छ।
विद्यालय व्यवस्थापन समिति र शिक्षकवर्गकाे काम सन्ताेषजनक नरहेकाले स्थानीय अभिभावकहरु एकजुट भएर राहुल कुमार सिंहकाे नेतृत्वमा विद्यालय सुधार समिति गठन गरेका छन । शिवराज नगरपालिका वडा ८ बिलराहवामा रहेकाे लक्ष्मणपुर प्राविकाे जग्गादाता समेत रहेका संयाेजक सिंह साविक बहादुरगंज गाबिसका अध्यक्ष स्व: राजबहादुर सिंहका नाति हुन । अाफ्ना हजुरबुवाले दिएकाे जग्गामा शिक्षाकाे मन्दिर बनाइयाे तर राम्ररी व्यवस्थापन हुन नसकेकाले यस क्षेत्रका बच्चाहरु गुणस्तरीय शिक्षाबाट बञ्चित भएका संयाेजक सिंहकाे भनाई छ ।
विद्यालयमा रहेका कमजोरीलाई निर्मुल गर्न भेला भएका अभिभावकहरुले ११ सदस्यीय विद्यालय सुधार समिति गठन गरि प्रत्येक महिनाकाे अन्तिम शुक्रबार समीक्षा बैठक बस्ने र सुधारका लागि अावश्यक पहल गर्ने निर्णय गरिएकाे विद्यालयका प्रअ तथा समितिका सदस्य सचिव हकिम मुसलमानले बताउनुभयाे ।

Facebook Comments Box