विकास निर्माणको कार्य अघी बढने कपिलवस्तुका पालिकाका प्रमुखहरुको भनाई

सेयर गर्नुहोस

सनिउल्ला धोबी,

कपिलवस्तु असोज १५ ।

कपिलवस्तुकामा रहेका १० वटै पालिकाका प्रमुखहरु भन्छन अब विकास निर्माणको
कार्य अघी बढाउने हो । कोभिड १० अर्थात कोरोना भाइरसकाबाट बच्न सरकारले
लागु गरको लकडाउनको चपेटामा परेका स्थानिय सरकार अब विकास निर्माणका
कार्य गर्ने कपिलवस्तुका पालिका प्रमुखले बताएका छन । कोभिडले गर्दा विकास
निर्माण तहस नहस भएको छ अब विकास निर्माणको कार्य तिव्र रुपले अघी बढाउने
बताएका छन ।

जिल्लाको कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले अब विकास निर्माण सम्बन्धी
कार्य अघी बढाउने कार्यपालिकाबाट निर्णय भएको बताउनु भयो । केही दिनमा
टेन्डर निकाली विकासको काम सुचारु गर्ने नगर प्रमुख सिंहले बताउनु भयो ।
उहाले भन्नु भयो “विकास निर्माण सम्बन्धी सामाग्रीको आभावले गर्दा केही
समस्या सृजना हुन्छ की । तै पनि हामी विकासको लागि अघी बढेका छौ ।”

जिल्लाको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले कोरोनाको
अवस्था हेरेर विकास निर्माणको काम अघी बढाउने बताउनु भयो । महाराजगंज
नगरपालिकालाई किचड मुक्त नगर बनाउने अभियानका साथ अघी बढेको नगर प्रमुख
कलामले जानकारी दिनुभयो । नगर प्रमुख कालमले स्टीमेट भैसकेकोले अब भौतिक
विकासको लागि पहल गर्ने बताउनु भयो । कोरोनाले गर्दा सबैलाई समस्यामा
पारको भन्दै कोरोनाबाट सावधानी अपनाई विकासको काम चडै सुरु गर्ने
प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले कोरोनाबाछ सावधानी
अपनाउदै विकास निर्माणको कार्य सुरु गरेको बताउनु भएको छ । शिवराज
नगरपालिका भित्र रहेका अधुरा योजनाहरु सुरु भएको नगर प्रमुख अधिकारीले
बताउनु भयो । अहिले वडा नं २ का दुई सडक कालोपत्रे गरिएको बताउनु भयो
। शिवराज नगरपालिका भित्र शिक्षा, सडक, स्वास्थ्य क्षेत्रको कार्य अगाडी बढाउने
नगर प्रमुख अधिकारीले बताउनु भयो ।

जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले अब केही दिनमा
लागत स्टीमेट तयार गरी टेन्डर प्रक्रियामा जाने बताउनु भयो । बुद्धभुमीमा केही
दिनमा १५ सैयाको अस्पाताल भवनको शिलान्यास गर्ने नगर प्रमुख श्रेष्ठले बताउनु
भयो । नगर प्रमुख श्रेष्ठले “विकास निर्माण सम्बन्धी सामाग्री व्यस्थापन गर्ने
कार्य भैरहेको छ ।”

कपिलवस्तुको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बजेट
विनियोजीत भएपछि विकास निर्माणको कार्य सत प्रतिशत गर्ने बताउनु भयो ।
कृष्णनगर नगरपालिको केही योजनाको टेन्डर समेत प्रकाशित गरेकोले विकास
निर्माणको काम तिव्र गतीमा सुरु भएको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
कृष्णनगरमा नागरिक स्तरबाट समेत विकासको काम सुरु गर्न दवाब भएकोले
उपभोक्ता समिति गठन गरी योजनाको काम तत्काल सुरु गर्ने बताउनु भयो ।

जिल्ला मै सबै भन्दा बढी बजेट भएको वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल
प्रसाद थारुले विकासको काम कुनै पनि हलातमा नरोक्ने बताउनु भयो । अहिले
बाणगंगा नगरपालिकामा रहेका ठुला योजनाको टेन्डर अह्वान गरी सम्झौता
गराउने काम सुरु भएको नगर प्रमुख थारुचौधरीले बताउनु भयो । कोरोनाले
गर्दा विकास निर्माणको काम ठप्प भएको थियो अब सुरुवात गरिने उहाले बताउनु
भयो । स्वास्थ्यको मापडण्ड अपनाएर काम गर्ने नगर प्रमुख थारुले जानकारी दिनु
भयो ।

त्यस्तै कपिलवस्तुको विजयनगर गााउपालिकाले समेत विकास निर्माणको कामलाई
समेत अघी बढाएको छ । विजयनगर गाााउपालिका अध्यक्ष गोपाल बहादुर थापाले
योजनाको कामलाई आगाडी बढाएको बताउनु भयो । कोरोनाको त्रास पुर्ण
रुपमा हटीनसकेको अवस्थामा उपभोक्त समिति गठन गर्न कार्य नगरेको बताउनु भयो
। अध्यक्ष थापाले विकास निर्माणलाई मध्येनगर गरी विनियोजीत योजनाको
ठेक्का प्रक्रीया अघी सारिएको बताउनु भयो । गााउपालिकाको शिक्षा स्वास्थ्य
भौतिक पुर्वाधार लगायतका विकास निर्माण कार्य गरिरहेको बताउनु भयो ।
त्यस्तै विजय नगरगााउपालिका अन्तर्गत रहेका नदी जन्य पर्दाथ निकासीको लागि
बैठक भैरहेको अध्यक्ष थापाले बताउनु भयो ।

यसैविच मायादेवी गााउपालिकाका अध्यक्ष बजरगीं प्रसाद चौधरीले विकास
निर्माणका काम आगामी २६ गते गााउ कार्यपालिकाको बैठकले उपभोक्ता गठन
गर्नका लागि निर्णय गरी अघी बढने बताउनु भयो । गत बर्षका अधुरा योजनाहरु
सुरु भएको चौधरीले बताउनु भयो । बहु बर्षे योजनाहरुको काम सुरुवात भए त
पनि सा साना योजना ठप्प रहेको उहाले जानकारी दिनु भयो ।

यशोधरा गााउपालिकाका अध्यक्ष गिरिजेश पाण्डेयले विकास निर्माणको काम अब
सुरु गर्ने बताउनु भयो । कोरोनाले गर्दा धेरै समस्या भएकोले विकासका काम
गर्न नसकीएको अध्यक्ष पाण्डेयले जानकारी दिनु भयो । ठेक्का प्रक्रीया अघी
बढेकोले विकासका काम केही हप्ता पछी सुरु गरिने बताउनु भयो ।

शुद्धोधन गााउपालिकाका अध्यक्ष निसार अहमदले समेत विकास निर्माणको कार्यलर्य
तिव्रता दिएको जानकारी दिनुभएको छ । शुद्धोधन गााउपालिकामा उपभोक्त समिति
गठन, अधुरो काम सुचारु र ठेक्का प्रक्रीया सुरु गरिएको अध्यक्ष निसार अहमदले
जानकारी दिनुभयो ।

Facebook Comments Box