बुद्धभुमि नगरपालिका का वडा अध्यक्ष खरविन्द काे निधन

सेयर गर्नुहोस
धनी राम काेरी
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० वडा अध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको मृत्यु भएको छ। ५६ वर्षिय वडा अध्यक्ष खरविन्दको शनिवार १० गते निधन भएको हो । खरविन्द मुटु र मृगौला रोगबाट पिडित थिए ।
उनी समाजवादी पार्टी बाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए । खरविन्दको अन्तीम संस्कार दिउँसो राम घाटमा गरिएकाे पुर्व समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव ले बताउनु भयो ।
जनता समाजवादी पार्टीले हार्दिक श्रद्धाञ्जली काे विज्ञप्ति निकाले हाम्रो पार्टी र पहिचान सहितको संघीयता , लाेकतान्त्रिक , गणतन्त्र एवम् विभेद अन्त्य तथा समाजिक न्यायकाे अान्दोलनलाई अपुणर्निय क्षति भएको छ । दिवागत त्रिलाेकी खरविन्द प्रति जनता समाजवादी पार्टी नेपाल काे तर्फ बाट भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै वहाँ काे सन्तप्त परिवार जनमा जनता समाजवादी पार्टी हार्दिक संवेदना प्रकट गर्दछ ।
Facebook Comments Box