म्यानमारमा रोहिङ्या मुस्लिम बिस्थापित हुँदै , कहाँ छन ईस्लामिक राष्ट्र
म्यानमारमा सैनिक शासक र विद्रोही समूहहरूबीचको लडाइँ लगातार बढिरहेको छ। यो द्वन्द्वले धेरै क्षेत्रमा जनताका लागि ठूलो संकट सिर्जना गरेको छ । विशेषगरी अल्पसंख्यक रोहिंग्याहरूले यसका कारण धेरै समस्याको सामना गरिरहेका छन्। म्यानमारको रखाइन राज्यमा बढ्दो हिंसाका कारण ४५ हजार रोहिंग्या आफ्नो सहर छोड्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । मानिसको हत्या, आक्रमण र सम्पत्ति जलाउने जस्ता मानवअधिकार उल्लङ्घनको आरोपमा ४५ हजार रोहिंग्याले आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् ।
डेक्कन हेराल्डको रिपोर्ट अनुसार गत वर्ष नोभेम्बरमा अराकान आर्मी (एए) ले आफ्नो लडाइँ फेरि सुरु गर्यो र सरकारी सेनामाथि आक्रमण गरेको थियो। यसले सन् २०२१ को सैनिक विद्रोहपछिको युद्धविराम तोड्यो। बौद्ध बहुल म्यानमारमा लामो समयदेखि उत्पीडित मुस्लिम अल्पसंख्यक रोहिंग्याहरू सैन्य जन्टा र विद्रोहीहरूबीच जारी भिडन्तमा फसेका छन्।
अराकान आर्मीले एए जातीय रखाइन जनसंख्याको स्वायत्तताको लागि लड्ने दाबी गर्दछ। राखिन राज्य पनि करिब ६ लाख रोहिंग्याको बसोबास रहेको छ । यस समुदायले लामो समयदेखि विभिन्न किसिमका अत्याचारको सामना गर्नुपरेको छ । सन् २०१७ मा सैन्य कारबाहीका क्रममा भएको अत्याचारपछि १० लाखभन्दा बढी रोहिंग्या भागेर बंगलादेश पुगेका छन् । संयुक्त राष्ट्र अधिकार कार्यालयका प्रवक्ता एलिजाबेथ थ्रोसेलले बुथिडाउङ र मौङडाव टाउनशिपहरूमा भर्खरैको लडाइँले हजारौं मानिसहरूलाई विस्थापित गरेको बताइन्, जसमध्ये धेरै बंगलादेशको सीमा नजिकैको नाफ नदीमा भागेका छन्। संयुक्त राष्ट्रसंघीय अधिकार प्रमुख भोल्कर टर्कले अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिँदै बंगलादेश र अन्य देशहरूलाई यी शरणार्थीहरूलाई सुरक्षा प्रदान गर्न आह्वान गरेका छन्।
