बार्सिलोनाले जित्यो च्याम्पियन्स लिगको उपाधि
काठमाडौं : महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ।
बिल्बाओमा शनिबार राति भएको फाइनलमा कीर्तिमानी आठ पटकको विजेता लियोनलाई पराजित गर्दै बार्सिलोनाले सनसनीपूर्ण जित निकाल्यो।
बालोन डीुओर विजेता आइताना बोनमाटीले दोस्रो हाफको ६३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। अर्को गोल भने खेलको अन्तिम मिनेटमा एलेक्सा पतौलाले गर्दै जित सुनिश्चित गरिन्।
बार्सिलोनाले यसअघिका दुई फाइनलमा फ्रेन्च टोलीसँग खेलेको थियो भने यसअघिका चारवटै खेलमा लियोनसँग हार बेहोरेको थियो।
Facebook Comments Box
