नेपालगन्जमा गृहमन्त्री रवि लामिछानेको पुतला जलाइयो

सेयर गर्नुहोस

बाँके । नेपालगंज सदरलाईन टांगा स्टेशन नजिक बिहीबार बेलुकी गृहमन्त्री रवि लामिछानेको पुतला जलाइएको छ। सहकारी ठगीमा आफू संलग्न भएपनि सत्ताको दुरुपयोग गरेर प्रहरीलाई मुद्दा चलाउन नदिएको, तर सहकारी ठगीका विषयमा निरन्तर समाचार लेख्ने कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको नागरिकतामा विवाद झिकेर पक्राउ गरिएको भन्दै नागरिक स्तरबाट पुतला जलाइएको हो।
गृहमन्त्री राजीनामा दे, सहकारी ठग मुर्दावाद नारा लगाएका थिए। स्थानीय नेता, सफिक सिद्दीकी सहित जसपा नेपालका नेता कार्यकर्ता रहेको श्रोतले दावी गरेको छ ।

Facebook Comments Box