सन्दीपलाई अमेरिकाले गर्यो भिसा दिन अस्वीकार
काठमाडौं : अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
सन्दीपले एक स्टाटस लेख्दै अमेरिकाले भिसा दिन अस्विकार गरेको बताएका छन्। उनले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाकाे भिसा एप्लाई गरेका थिए।
‘सन् २०१९ मा जस्तै यसपालि पनि अमेरिकाले मलाई भिसा दिन अस्वीकार गरेको छ,’ उनको पोस्टमा उल्लेख छ। लामिछानेले फेसबुक पोस्ट गर्दै सन् २०१९ जस्तै यसपालि पनि आफूलाई अमेरिकाले भिसा नदिएको उल्लेख गरेका छन्।
बलात्कार आरोपमा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी थालेको थियो।
Facebook Comments Box
