रातो मच्छिन्द्रनाथको रथयात्रामा आज नरिवल खसाल्ने दिन, ललितपुरमा सार्वजनिक बिदा

सेयर गर्नुहोस

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत नरिवल खसाल्ने दिन बुधबार ललितपुर महानगरले सार्वजनिक बिदा दिएको छ।

परम्परादेखिको धार्मिक महत्त्वको दिन र नगरबासीको उल्लेख्य उपस्थिति हुने भएकाले ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको जनाइएको छ। रथयात्रा अन्तर्गत शुभ मुहूर्त्तमा थती टोलमा मच्छिन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसालिन्छ।

गत वैशाख १८ गते बसेको महानगरपालिकाको कार्यपालिका बैठकले मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत नरिवल खसाल्ने दिन स्थानीय बिदा दिने निर्णय गरेको थियो।

Facebook Comments Box