इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ। खोजी जारी रहे पनि उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ।
‘राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको छ’, सरकारी टेलिभिजनले भनेको छ।
खोज र उद्धार टोली दुर्गम पहाडी क्षेत्रमा गएको थियो, मुलुकको सरकारी सञ्चारमाध्यमले बताएको छ। हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान पनि थिए।
‘खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न कठिन भएको छ’, सरकारी टिभीको अन–स्क्रिन समाचार अलर्टमा भनिएको छ।
सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढलानमा हिँडिरहेको र रायसीको गृहनगर मशहद शहरमा इमाम राजको पवित्र मन्दिरमा प्रार्थना गर्ने उपासकहरूको भीडको लाइभ फुटेज पनि प्रसारण गरेको छ।
आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो।
त्रिसठ्ठी वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए। त्यहाँ उहाँले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए।
उनको भ्रमणका क्रममातीनवटा हेलिकप्टर थिए। अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ। हेलिकप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ।
सार्ग दैनिकले पनि ‘राष्ट्रपति बोकेको हेलिकप्टर दुर्घटनामा परेको र दुई अन्य हेलिकप्टर सकुशल अवतरण भएको’ बताएको छ।
पछि गृहमन्त्री अहमद वाहिदीले हेलिकप्टररूमध्ये एउटा ‘खराब मौसमका कारण कठिन अवतरण भएको र विमानसँग सञ्चार स्थापना गर्न गाह्रो’ भएको बताए।
