नेपाल प्रहरीका ४ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयमा शुक्रबार अबेर बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो ।
कार्की जिल्ला प्रहरी परिसर, काठमाडौं र केसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको पटाक्षेप भएको थियो । पछि कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा उनीहरुको जिम्मेवारी खोसिएको थियो ।
हेर्नुस् सूची

Facebook Comments Box
