कांग्रेस संसदीय दलको बैठक बस्दै

सेयर गर्नुहोस

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्न लागेको हो।

प्रतिनिधिसभाको बैठक बस्नु अघि आगामी रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको सचेतक सुशीला थिङले जानकारी दिइन्।

कांग्रेसको अवरोधपछि बिहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

Facebook Comments Box