सांसद पन्थीकाे प्रयासले फुलिकाकाे मर्थी खाेलामा पुल बन्ने पक्का

सेयर गर्नुहोस

कपिलवस्तु , भदाैं २७ । जिल्लाकाे मायादेवी गाउँपालिका वडा ३ फुलिका गाउँकाे मर्थी खाेलामा पक्की पुल बन्ने पक्का भएको छ। दशकौ देखी जीर्ण दुई पालिका मायादेवि र शुद्धाेधनका दर्जनौं गाउँ जाेड्ने साे काठे पुल हुँदै फुलिका , बगदीका हजाराैं बिद्यार्थीहरुलाई विद्यालय पुग्नसमेत सजिलाे हुने वडास्दस्य नवल किसाेर पाण्डेले बताउनुभयो। पुल नहुदा बर्षायाममा सामान अाेसार लगायत सवारीसाधन संचालनमा समस्या हुदै अाइरहेकाे स्थानिय ब्रहमानन्द चाैधरी बताउनुहुन्छ ।
प्रदेश ५ को पुर्वाधार बिकासकाे बजेट मार्फत विनियोजित रकमबाट निर्माण हुने सो पुलको हालै बोलपत्र आव्हान भइसकेको छ। चार करोडको लागतमा निर्माण हुने सो पुल दुई लेनकाे हुने र निर्माण पश्चात कपिलवस्तुका सो क्षेत्रका जनताको लागि सदरमुकाम तौलिहवा आवागमन सहज बन्ने वडा ३ का अध्यक्ष सुकदेव तिवारीले जानकारी दिनभएकाे छ। बगदी फुलिकका मैनिहवा सडकमा समेत आवत जावत बढ्ने र अस्पताल लगायतका अत्यावश्यक सेवा लिन पनि सहज हुने वडाध्यक्ष तिवारीकाे भनाई छ ।
कपिलवस्तु क्षेत्र १ (क)प्रदेश सांसद विष्णु पंथीको सक्रियताले विभिन्न पुर्वाधार निर्माणका बाेलपत्र भइरहेकाे याे बजेटलाई समेत प्राथमिकतामा राखिएकाे भन्दै वडाध्यक्ष तिवारीले सांसद पन्थीलाई धन्यवाद दिएका छन ।किसानकाे कृषि उत्पाद अाेसार पाेसार लगायत अन्य पुर्वाधार समाग्री ढुवानीमा समेत साे पुलले सहयाेग पुग्ने छ । यसै वडा अन्तर्गत बडकी खैराटीमा एउटा पुल अति आवश्यक रहेको र सो को निर्माणका लागि सम्बन्धित निकायमा अाफु पहल गर्ने वडाध्यक्ष तिवारीले बताउनु भयो।

Facebook Comments Box