तलाउमा डुबेर एक बालकको मृत्यु

सेयर गर्नुहोस


कपिलवस्तु , भदाैं २६ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मडहाकाे एक पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ।

कृष्णनगर नगरपालिका १ मडहा घर भएका फग्गू डफालीका १४ वर्षीय छोरा खुर्शीद डफाली बाख्रा चराउन गएका समय स्थानीय पाेखरीमा नहाउने क्रममा डुबेर मृत्यु भएकाे स्थानीय बताउछन ।
तैर्न नजान्ने मन्दबुद्धि भएका खुर्शिद बाख्रा पनि नजिक चराउदै गर्दा एक्कासि नुहाने गएपछि तलाउकाे गहिराे ठाउंमा पुगेपछि मृत्यु भएकाे इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

Facebook Comments Box